मंगलबार, चैत १७, २०८२

बेरुजु लेखापरीक्षकले निकाल्ने काम हो भन्न थालियोः टंकमणि शर्मा

मेरोन्यूज २०८० जेठ ७ गते १४:२७

काठमाडौं । महालेखापरीक्षक टंकमणि शर्मा दंगालले बेरुजु लेखापरीक्षकले निकाल्ने काम हो भन्ने रुपमा मात्रै लिन थालिएको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

आईतवार बसेको लेखा समितिको बैठकमा बोल्दै महालेखापरीक्षक शर्माले पछिल्लो समय कुनैपनि निकायले बेरुजु फस्र्यौट गर्नुपर्छ भन्ने भन्दा पनि लेखापरीक्षकको काम भएको भन्ने रुपमा लिन लागिएको भन्दै गुनासो गरेका हुन् । उनले लेखापरीक्षकको कार्यालयले देखाएको बेरुजुका विषयमा आगामी दिनमा बेरुजु हुन नदिने भन्दा पनि बेरुजु फस्र्यौटको विषयलाई प्राथमिकतामा लिन छोडिएको बताए ।

महालेखापरीक्षक शर्माले बेरुजु फस्र्यौटको वैज्ञानिक उपाय एक वर्षमा उठेको बेरुजु त्यही वर्षमा खर्च गर्नु रहेको बताए । उनले एकै वर्षमा फस्र्यौट नभए पनि अर्को वर्ष लेखापरीक्षण गर्दा खर्च भएको हुनुपर्ने बताए ।

महालेखापरीक्षक शर्माले जनप्रतिनिधिहरुलाई बद्नाम गर्ने गरी बेरुजु देखाउन लेखापरीक्षकहरुलाई नैतिक,वैधाननिक र व्यवहारिक रुपमा पनि नदिने बताउनु भयो। उहाँले लेखापरीक्षकहरुले अहिलेसम्म त्यस्तो काम नगरेको बताए । उनले जिम्मेवार व्यक्तिले मेरो लेखापरीक्षकले यस्तो ग¥यो भनेर राजनीतिक तहले बढावा दिने भन्दा पनि त्यस्तो कामको निषेध गर्न आवश्यक रहेको बताए

उनले सार्वजनिक संस्थानहरुमा राजनीतिक नियुक्तहरु गर्दा विगतको कार्यसम्पादन हेरेर गर्न आवश्यक रहेको बताए । साथै राजनीतिक नियुक्तहरुमा तुलना गरेर बेरुजु बढी राख्ने र आर्थिक हिनामिना गर्नेहरुलाई कारबाही गर्न आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया