मंगलबार, चैत १७, २०८२

मुक्तिनाथ विकास बैंकका ग्राहकले अरोगिन हेल्थ केयरमा आर्कषक छुट पाउने

मेरोन्यूज २०८० जेठ ८ गते १५:०१

काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौंको विशालनगरमा स्थित “अरोगिन हेल्थ केयर प्रालिसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन बैंकले उक्त सम्झौता गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले अरोगिन हेल्थ केयरमा विभिन्न सेवा सुविधाहरुमा विशेष ४५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । अरोगिन हेल्थ केयरले प्रदान गर्ने सेवाहरुमा कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचार लगायत छाला, दाँत सम्बन्धी समस्याको हेरचाहसँगै अन्य विभिन्न सुविधाहरु रहेको छ ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया