प्रतितोला एक हजार रुपैयाँ घट्यो सुनको मूल्य
मेरोन्यूज
२०८० जेठ ११ गते १०:४६

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला छ सय रुपैयाँ बढेको सुनको मूल्य आज एक हजार रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया