न्यौपानेको इजलासमा भुटानी शरणार्थी प्रकरणका आरोपीको बयान सुरु

काठमाडौँ । जिल्ला अदालत काठमाडौंमा नक्कली भुटानी शरणार्थी प्रकणका आरोपीहरूको बयान सुरु भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान सुरु भएको हो ।
आरोपितहरूलाई थुनामा पठाउने कि थुनाबाहिर राख्ने भन्ने आदेश गर्नुअघि इजलासको फाँट नं २५ मा बयान लिन थालिएको हो।
अहिले पक्राउ परेकाको बयान सकेर थुनछेक बहस पछि आदेश आउने छ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ३० जनालाई प्रतिवादी बनाइएको छ। ती मध्ये १६ जना हिरासतमा छन्। बाँकी १४ जना फरार छन्।
रायमाझी र खाँणसहित पूर्वसांसद आङटावा शेर्पा, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, गृहमन्त्रीका पूर्वसुरक्षा सल्लाहकार इन्द्रजित राई, खाँणका निजी सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप रायमाझी, शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मिया, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरुङ, सागर राई, रामशरण केसी र गोबिन्द चौधरी पक्राउ परेका छन्।
बादलका छोरा प्रतिक र इन्द्रजितका छोरा निरजसहित १४ जना फरार छन्।
उनीहरुविरुद्ध ठगी, लिखित किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा दायर गरिएको छ। एकीकृत कसुरमा थप सजाय समेत हुनेछ।
यो कसुरमा अदालतले थुनाबाहिर पठाउने आदेश गरे उनीहरुलाई सम्पत्ति सुद्धिकरण र भ्रष्टाचारको कसुरमा पक्राउ गरेर अनुसन्धान सुरु गरिने छ।
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
प्रतिक्रिया