महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड सेवाको शुभारम्भ

काठमाडाैं । महालक्ष्मी विकास बैंक लिमिटेडले २९औं वार्षिकोत्सवको अवसरमा VISA क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । बैंकले जेष्ठ १२ गते शुक्रबारदेखि औपचारिक रुपमा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले बैंकको केन्दि«य कार्यालयमा आयोजित कार्यक्रमका बिच क्रेडिट कार्ड सेवाको समुद्घाटन गरेका हुन् । उनले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात् गर्दै भविष्यमा अझ अत्याधुनिक सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
क्रेडिट कार्ड प्रयोगकर्ताले Point of Sale (POS Machine), अनलाईन कारोबार तथा भिजा कार्ड स्वीकार गर्ने ATM बाट सजिलै नगद झिक्न, POS मार्फत भुक्तानी गर्न र वस्तु वा सेवाहरु खरिद गर्न सक्नेछन् । कार्ड मार्फत नगद झिक्दा, अनलाईन भुक्तानी गर्दा र वस्तु वा सेवाहरु खरिद गर्दा अधिकतम ४५ दिन सम्म व्याज नलाग्ने, क्रेडिट कार्ड सिमा १५ हजार देखि ५ लाखसम्म पाउने तथा नेपाल भारत र भुटानमा सजिलै प्रयोग गर्न सकिने जस्ता विशेषताहरु क्रेडिट कार्ड सेवामा उपलब्ध छन् ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया