सोमबार, चैत १६, २०८२

नेपाल रिपब्लिक मिडियाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

मेरोन्यूज २०८० जेठ १४ गते १०:४१

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले बैशाख ३१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको हो।

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीले ४ करोड ३५ लाख ३० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ३५ हजार ३०० कित्ता शेयर निष्काशनमा ल्याएको हो। उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया