ललितपुरमा एक महिनासम्म जुत्ता चप्पल मेला हुँदै
काठमाडौँ । आगामी ज्येष्ठ १७ गतेदेखि असार १७ गतेसम्म प्रथम ललितपुर जुत्ता चप्पल मेला २०८० हुने भएको छ । आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै ललितपुरको जावालाखेलमा उक्त मेला हुने जानकारी दिएको हो ।
मेलामा ज्येष्ठ १७ गतेदेखि असार १७ गते एक महिनासम्म सञ्चालनमा आउने मेलाका संयोजक दिवाकर गिरीले बताए । उनले आम जनतालाई स्वदेशी वस्तुको प्रयोग गर्ने भावनाको विकास गराउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको बताएका हुन् ।
उनले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै अर्थतन्त्र चलायमान बनाउँदै व्यवसायीलाई राहत दिने उद्देश्य पनि रहेको बताए । मेलामा नेपालमा नै उत्पादित चर्चित नौ वटा कम्पनी तथा ब्राण्डका जुत्ता चप्पल खरिद गर्न पाइने छ । मेलामा तीन हजारभन्दा बढीका मेडल र डिजाइनका
जुत्ता चप्पल उपलब्ध हुने छन् ।
मेलामा २० देखि ५० प्रतिशतसम्म विशेष छुटको समेत व्यवस्था गरिएको आयोजकले बताएको छ । मेला अवधिमा तीन लाखलाई मेलाको अवलोकन गराउने र ५ करोड बराबरको कारोबार गराउने लक्ष्य राखेको छ । मेलामा प्रवेश भने निःशुल्क रहेको आयोजकले बताएको छ ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया