मंगलबार, चैत १७, २०८२

आज सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदै

मेरोन्यूज २०८० जेठ १५ गते ७:१२

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट सार्वजनिक गर्दैछ । अपरान्ह ४ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट सार्वजनिक गर्ने छन् ।

Advertisement
nepal life insurencenepal life insurence

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारक नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।

अर्थमन्त्री डा. महतले बजेट प्रस्तुत गर्ने कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ ।

जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था रहेक छ ।आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको बजेटभन्दा नबढेर आउने छ ।

यसअघि सरकारले यही जेट ५ गते नीति तथा कार्यक्रम ल्याएको थियो । नीति तथा कार्यक्रम गत शनिबार पारित भएको थियो ।

बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नरलगायतको सहभागिता रहने प्रचलन छ ।

प्रतिक्रिया