नक्कली भुटानी शरणार्थी प्रकरण
साढे ६ घण्टाको बयानमा निलम्बित सचिव पाण्डेले गरे वकिलसँग पटक-पटक परामर्श

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका निलम्बित सचिव टेकनारायण पाण्डेले जिल्ला अदालत काठमाडौँमा साढे ६ घण्टा बयान दिएका छन् । बुधबार बिहान साढे ११ बजेबाट सुरु भएको पाण्डेको बयान साँझ ६ बजेमात्र सकिएको थियो ।
बयानका क्रममा पाण्डेले आधा दर्जन बढी कानुन व्यवसायीसँग पटक–पटक बयानबारे परामर्श गरेका थिए । त्यतिमात्र होइन उनले बयानका क्रममा आफूले बोलेका कुरामा समेत रातो मसीले सच्याएका थिए ।
बालकृष्ण खाण गृहमन्त्री हुँदा गृह मन्त्रालयको सचिव रहेका पाण्डे पक्राउ पर्ने बेलामा उपराष्ट्रपति कार्यालयको सचिव थिए ।
उनले इजलाससमक्ष प्रहरी हिरासतमा टर्चर रहेको र सञ्चारमाध्यमले असत्य कुरा लेखेर प्रचार प्रसार गरेको बताएका थिए ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बयानमा पाण्डेले ‘३ दिनदेखि रिसोर्टमा लुकेर बसेका थिए सचिव’ भनेर गलत प्रचार गरेको गुनासो गरे । आफूलाई बदनाम गर्न मिडियाले जे मनलाग्यो त्यही लेखेको आरोप उनको थियो ।
पाण्डेलाई केशव दुलालसँग भएको ह्वाट्स एपमा भएको कुराकानीबारे इजलासले प्रश्न गरेको थियो । जवाफमा पाण्डेले आफूले कुराकानी गरेको स्वीकार्दै त्यो कुराकानी नक्कली भुटानी शरणार्थी प्रकरणमा केन्द्रित नभएको बताएका छन् । पाण्डेले सूत्र परिचालन गर्न शरणार्थी प्रकरणमा संलग्न गिरोहका सदस्य केशव प्रसाद दुलालसँग कुरा गरेको बताए ।
सरकारी वकिल कार्यालयले केशव प्रसाद दुलाल र सचिव पण्डेको बीचमा भुटानी शरणार्थीका कोटामा अमेरिका पठाउने सम्बन्धी ह्वाट्स एपमा भएको कुराकानी अदालतमा पेस गरेको छ । ‘एसएमएस कुराकानी सूत्र परिचालनका लागि गरेको हुँ,’ पाण्डेले बयानका क्रममा भने ।
पाण्डेमाथि शरणार्थी सम्बन्धी कार्यदलले तयार गरेको प्रतिवेदनमा फेरबदल गरेको आरोप पनि लगाइएको छ । गृह मन्त्रालयले दुईथरी प्रतिवेदन अनुसन्धानको क्रममा प्रहरीलाई उपलब्ध गराएको थियो ।
अन्य आरोपितको बयानमा भन्दा इजलास पाण्डेको हकमा नरम देखिएको थियो । यसअघिका बयानमा आरोपितले बयान सुरु गरेपछि कानुन व्यवसायीसँग परामर्श गर्न कडाई गरेको इजलासले पाण्डेलाई पटक–पटक आधा दर्जन वकिलसँग परामर्श गरेर बयान सच्याउन सुविधा दिएको थियो ।

















एकै पटक १० हजारसम्म एसएमएस पठाउन सकिने टेलिकमको सेवा
बढ्दो तनावकाबीच अमेरिकाले बन्द गर्यो खाडी मुलुकका दूतावास
दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा
कालीकोटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुग्यो
नेप्से ३८ अंकले बढ्दा कारोबार रकम ६ अर्बमाथि
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
प्रतिक्रिया