बिहीबार, चैत १९, २०८२

सामसङको नयाँ सर्भिस सेन्टर मध्य बानेश्वरमा

मेरोन्यूज २०८० जेठ २२ गते १६:०६

काठमाडौं। सामसङले मध्य बानेश्वरमा अर्को एक नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सर्भिस सेन्टरको उद्घाटन समारोहमा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आईएमएसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्रा र आईएमएसका सेल्स हेड कैलाश अइयरको समेत उपस्थिति रहेको थियो। यो सर्भिस सेन्टर सामसङद्वारा नेपालमा खोलिएको २१औँ रहेको छ ।

बिक्रीपछिको गुणस्तर सेवालगायत ग्राहकका लागि निरन्तर रुपमा ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्यका साथ हाल सम्मै सामसङले काठमाण्डौ उपत्यकाभित्र ५ वटा र उपत्यकाबाहिर १५ वटा सर्भिस सेन्टर गरी २० वटा स्थानमा पहिलेदेखि नै आफ्नो सेवा प्रदान गर्दै आइरहेको थियो र बानेश्वरस्थित रहेको २१ औँ सर्भिस सेन्टरबाट पनि आफ्नो ग्राहकलाई भरपर्दो एवं सुलभ सेवा प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ ।

मध्य बानेश्वरस्थित नयाँ सर्भिस सेन्टरमा वारेन्टी भएको र नभएको दुवै किसिमका सामसङ मोबाइल फोनहरूको मर्मत सेवा प्रदान गरिने जानकारी पाइएको छ। सो प्रारम्भित सर्भिस सेन्टरबाट वानेश्वर लगायत कोटेश्वर, चाबाहिल, बौद्ध र नजिकको क्षेत्रका ग्राहकहरूले लाभ पाउने कुरामा पनि सामसङको विश्वास छ ।

प्रतिक्रिया