मंगलबार, वैशाख ८, २०८३

‘जानकी भारतीय छोरी’ भन्ने शब्द नसच्याए हिन्दी फिल्म चल्न नदिने मेयर बालेनको चेतावनी

मेरोन्यूज २०८० जेठ ३२ गते १९:४९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भारतीय फिल्मी आदिपुरुषले आफ्नो नसच्याए फिल्म चल्न नदिने बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

भारतीय फिल्मी आदिपुरुषमा ‘जानकी भारतीयको छोरी हुन्’ भन्ने शब्द नेपालसहित विश्वभर नसच्चिए काठमाडौँ महानगरका हलहरूमा प्रदर्शन गर्न नदिने बताएका हुन् । यस्तै, उनले आदिपुरुषबाहेक आगामी दिनमा कुनै पनि हिन्दी फिल्म प्रदर्शन हुने नदिने चेतावनी दिएका हुन् ।

‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तबसम्म काठमाडौँ महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन,’ उनले भने, ‘यो सच्याउन तीन दिनको समय दिइएको छ, माता सीताको जय होस ।’

फिल्मको निर्देशन ओम राउतले गरेका छन् । फिल्म १६ जुनमा रिलिज हुँदैछ । यो फिल्म तेलुगू, हिन्दी, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ ।

फिल्ममा प्रभासले राम, कृति सेननले सीता, सनी सिंहले लक्षण, देवदत्त नागेले हनुमानको भूमिका निभाएका छन् ।

प्रतिक्रिया