सोमबार, मंसिर ८, २०८२

शिल्पा शेट्टीको घरमा चोरी, दुई जना पक्राउ

मेरोन्यूज २०८० असार १ गते १५:४८

बलिउड अभिनेत्री शिल्पा शेट्टीको घरमा चोरी भएको छ। शेट्टीको जुहू स्थित बंगलामा गत हप्ता बहुमूल्य सामान चोरी भएको हो ।

मुम्बई प्रहरीले यस मामिलामा मुद्दा दर्ता गरी दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

शिल्पा शेट्टीको घरमा भएको चोरीको घटनामा प्रहरी अधिकारीले अपडेट दिएका हुन्। तर, घरबाट चोरी भएका सामानको मूल्य के कति हो भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन । यस विषयमा शिल्पा शेट्टी र राज कुन्द्राको तर्फबाट पनि अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया