बुधबार, चैत २५, २०८२

मनकामना केबलकार यात्रा गर्नेको संख्या हालसम्मकै उच्च

मेरोन्यूज २०८० असार १ गते १८:०३

काठमाडौं । मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान कायम भएको छ। आर्थिक वर्षको जेठ महिनामा झण्डै १ लाख ५० हजार यात्रुहरूले मनकामना केबुलकार मार्फत मनकामना यात्रा गरेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

यस वर्षको जेठमहिनामा २५ वर्षकै सबैभन्दा बढी यात्रुको कीर्तिमान कायम भएको छ । यस अघि आर्थिक वर्ष २०७५/७६ मा ज्येष्ठ महीनामा नै १,३५,२७२ को मासिक रेकर्ड थियो जून यस आर्थिक वर्षको जेठ महिनामै तोडिएको छ । यसरी यस आ।ब को ज्येष्ठ महीनाको औसत प्रति दिन यात्री ४७०० पुगेको छ ।

यस्तै भारतीय यात्रीहरुको उल्लेख्य वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा कुल २,६९,७६०९ २६.४१५० भारतीय हरुले मनकामना भ्रमण गरेको जनाइएको छ । पहिलो नंबरमा ७,०५,५९३ ९६९.०८५० सहित नेपाली यात्री रहेका छन। यस वर्ष भने औसत प्रति दिन यात्री ४७०० पुगेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया