सोमबार, वैशाख ७, २०८३

८३ वर्षको उमेरमा पिता बने ‘गडफादर’ अभिनेता अल पचिनो

मेरोन्यूज २०८० असार २ गते १२:३९

काठमाडौं । बरिष्ठ हलिउड अभिनेता अल्फ्रेडो जेम्स पचिनो उर्फ ​​अल पचिनो ८३ वर्षको उमेरमा पिता बनेका छन् । रिपोर्टका अनुसार उनकी २९ वर्षीया प्रेमिका नूर अलफल्लाहले छोरालाई जन्म दिएकी हुन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

गत महिना अभिनेता पचिनोले अमेरिकाको एक मिडिया आउटलेटलाई आफु छिट्टै पिता बन्न लागेको खबर बताएका थिए ।

पचिनो र नूर सन् २०२२ देखि एकअर्कासँग सम्बन्धमा रहेका छन् ।

८३ वर्षीय पचिनोकी पूर्व प्रेमिका जान टारान्टबाट ३३ वर्षीया छोरी जुली र पूर्व प्रेमिका बेभर्ली डीुएन्जेलोबाट जुम्ल्याहा छोरा एन्टोन र ओलिभिया छन्।

योसँगै अब उनले आफ्नो चौथो सन्तानलाई स्वागत गरेका छन् ।

प्रतिक्रिया