शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएका रायमाझी बाउ-छोरा एउटै कोठमा बस्न नपाउने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परि जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पुर्पक्षका लागि थुनामा पठाएका पुर्वउपप्रधानमन्त्री, एमालेका निलम्बित सचिव तथा निलम्बित सांसद टोपबहादुर रायमाझी र उनको छोरा सन्दीप जेलमा एउटै कोठमा बस्न नपाउने भएका छन् ।
शुक्रबार न्यायाधीश न्यौपानेको इजलासले पुर्पक्षका लागि थुनामा पठाएपछि रायमाझी बाबु–छोराले एउटै कोठामा राखिदिन आग्रह गरेका थिए ।
शरणार्थी प्रकरणमा उनीहरू बाबुछोरासहित १६ आरोपितलाई शुक्रबार सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइएको थियो । जहाँ दुईवटा छुट्टाछुट्टै ब्लकमा आठ–आठजना राखिएको कारागार प्रशासनले जनाएको छ ।
टोपबहादुर रायमाझी र छोरा सन्दीपलाई एउटै ब्लक भद्र बन्दीगृहमा राखिएको केन्द्रीय कारागारका जेलर ललितकुमार बस्नेतले बताए ।
जेल प्रसासनले टोपबहादुर र छोरा सन्दीपको एउटै कोठामा बस्न पाउनु पर्ने आग्रहलाई अस्वीकार गरेको स्रोतले बतायो । जेल प्रसासन स्रोतले भन्यो, ‘उहाँहरूको एउटै कोठामा बस्न पाउनु पर्ने आग्रह थियो । तर, प्रसासनले एउटै कोठमा बस्न दिन नसकिने निर्णय गरेको छ । त्यो हामीले उहाँहरूलाई जानकारी गराइसकेका छौँ ।’
एउटै कोठामा बस्न नदिने निर्णय गर्नुको कारणबारे जेल प्रशासनले खुलाएको छैन ।
रायमाझीका बाबुछोरा राखिएको ब्लकमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनी गृहमन्त्री हुँदाका नीजिसचिव नरेन्द्र केसी हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा र बिचौलियाद्वय रामशरण केसी र गोविन्द चौधरीलाई राखिएको छ ।
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया