बुधबार, माघ २१, २०८२

झापामा एक कैदी बन्दीको मृत्यु

मेरोन्यूज २०८० असार ४ गते १६:००

काठमाडौँ । झापा कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका ६ निवासी २८ वर्षीय देवेन्द्र थापा रहेको झापा कारागार भद्रपुरले जनाएको छ । 

आइतबार साँझ उनको स्वास्थ्यमा समस्या देखिएपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख मोहनलाल पनेरुले जानकारी दिएका छ्न् ।

१६ असार २०७८ देखि लागु औषध मुद्दामा कारागारमा जेल जीवन बिताइरहेका थापाको कैद समयावधि पाँच वर्ष रहेको कारागार प्रमुख पनेरूले बताए ।

प्रतिक्रिया