सोमबार, मंसिर १५, २०८२

करण केसीले लिए अमेरिकाविरुद्ध चौथो विकेट

मेरोन्यूज २०८० असार ५ गते १३:३७

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आजको खेलमा अमेरिकाको चार विकेट पतन भएको छ ।

तीव्र गतिका बलर करण केसीले व्यक्तिगत चौथो विकेट लिएका हुन् । योसँगै नेपालले चौथो सफलता हात पारेको छ ।

करणले पाँच ओभर बलिङ गर्दै सात रन मात्रै दिएका छन् । १० ओभर ब्याटिङ गरेको अमेरिकाले जम्मा १८ रन बनाएको छ ।

प्रतिक्रिया