यामाहा ट्याक्स रिल्याक्स : प्रत्येक खरिदमा २ वर्षका लागि सडक कर निःशुल्क

काठमाडौं । दुईपाङ्ग्रे सवारी साधनको अग्रणी उत्पादक कम्पनी यामाहाले देशभरका दुईपाङ्ग्रे सवारीसाधन प्रेमीहरूका लागि नयाँ रोमाञ्चक अफर घोषणा गरेको छ । यामाहा ट्याक्स रिल्याक्स अन्तर्गत कुनै पनि यामाहाको मोटरसाइकल तथा स्कूटर खरिद गर्दा पहिलो दुई वर्षको सडक कर पनि खरिद लागतमै कभर हुनेछन् ।
दुई पाङ्ग्रे सवारी साधनको प्रारम्भिक खरिदमा लागत मात्रै समावेश नभई अन्य खर्चहरू पनि लाग्ने कुरा यामाहा जान्दछ । सडक करजस्ता अतिरिक्त खर्चहरूले प्रायः सवारहरूलाई बोझ पार्न सक्छ र उनीहरूको समग्र आनन्द र मनको शान्तिलाई असर गर्छ । यामाहा ट्याक्स रिल्याक्सले ग्राहकहरूका ती चिन्तालाई हटाउन सक्छ किनकि यामाहाले स्वामित्वको पहिलो दुई वर्षको लागि करहरूको जिम्मा लिनेछ ।
यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने, ‘यामाहामा सवारी गर्नु भनेको अनावश्यक आर्थिक तनावबाट मुक्त भई रमाईलो अनुभव गर्नु हो भन्नेमा हामी विश्वास गर्छौँ । यामाहा ट्याक्स रिल्याक्सका कारण हाम्रा ग्राहकहरूले उनीहरूको सडक कर खर्चको ख्याल राखिएको छ भनी जान्दै आनन्दका साथ यात्रा गर्न सक्नेछन् । यो प्रवर्द्धनले उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धता देखाउँछ ।’
यामाहाले यो वाहेक विभिन्न आकर्षक अफरहरु उपलब्ध गराइरहेको छ । शून्य प्रतिशत ब्याजदर देखि आफूलाई उपयुक्त लाग्ने निश्चित दरको डाउन पेमेन्ट गरेर यामाहाका मोटरसाइकल वा स्कुटर लिन सकिन्छ । यसका लागि विशेष फाइनान्स सुविधा समेत उपलब्ध भइरहेको छ । कुनै पनि यामाहा शोरुममार्फत यो अफर प्राप्त गर्न सकिने छ ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया