चार प्रतिशत बालबालिकामा दृष्टिदोष
मेरोन्यूज
२०८० असार ६ गते २१:२३

काठमाडौँ । निःशुल्क आँखा शिविरमा परीक्षण गरिएका ४ प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या पाइएको छ । नेपाल नेत्रज्योति संघ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनामा करिब ८ लाख बालबालिकाहरुमा परीक्षण गरिएको थियो ।
परियोजनाअन्तर्गत झापा, मोरङ, पर्सा, सुनसरी र सिराहा जिल्लाका ७ लाख ८५ हजार ४६० जना बालबालिकाको निस्शुल्क आँखा परिक्षण गरिएको हो । सन् २०१८ देखि २०२२ सम्म चलेको परियोजनामार्फत ६ देखि १८ वर्षसम्मका विद्यालय जाने र नजाने बालबालिकाहरुको आँखा परीक्षण गरिएको थियो ।
त्यसैगरी ४ वर्षको अवधिमा २ हजार ५ सय ५५ वटा निजी तथा सामुदायिक विद्यालयहरुमा आँखा जाँच गरिएको थियो ।
जाँचका क्रममा दृष्टिमा समस्या देखिएका २० हजार ३ सय ८० जना बालबालिकाहरुलाई निःशुल्क चस्मा वितरण गरिएको साथै २०१ जना बालबालिकाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया