चार प्रतिशत बालबालिकामा दृष्टिदोष
मेरोन्यूज
२०८० असार ६ गते २१:२३

काठमाडौँ । निःशुल्क आँखा शिविरमा परीक्षण गरिएका ४ प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या पाइएको छ । नेपाल नेत्रज्योति संघ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनामा करिब ८ लाख बालबालिकाहरुमा परीक्षण गरिएको थियो ।
परियोजनाअन्तर्गत झापा, मोरङ, पर्सा, सुनसरी र सिराहा जिल्लाका ७ लाख ८५ हजार ४६० जना बालबालिकाको निस्शुल्क आँखा परिक्षण गरिएको हो । सन् २०१८ देखि २०२२ सम्म चलेको परियोजनामार्फत ६ देखि १८ वर्षसम्मका विद्यालय जाने र नजाने बालबालिकाहरुको आँखा परीक्षण गरिएको थियो ।
त्यसैगरी ४ वर्षको अवधिमा २ हजार ५ सय ५५ वटा निजी तथा सामुदायिक विद्यालयहरुमा आँखा जाँच गरिएको थियो ।
जाँचका क्रममा दृष्टिमा समस्या देखिएका २० हजार ३ सय ८० जना बालबालिकाहरुलाई निःशुल्क चस्मा वितरण गरिएको साथै २०१ जना बालबालिकाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ ।
सम्बन्धित
















दाङका वनमा महामारी, डढेलो लागेजस्ता देखिए सालका रुख
यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु
नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया