रिडी पावरको विशेष साधारण सभा, हकप्रद निष्काशनको प्रस्ताव पारित

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गरेको छ ।
कम्पनीको सहायक कम्पनीमार्फत निर्माण गर्न लागिएको १० मेगावाट क्षमताको तल्लो बलेफि जलविद्युत आयोजनाका लागि आवश्यक स्वपूँजी लगानीका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले १ कित्ता बराबर शून्य दशमलव ५० कित्ताको अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्काशनको लागि सभामार्फत स्वीकृति प्रदान गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी ५८ करोड ५५ लाख ५८ हजार रहेको छ ।
हकप्रद शेयर निष्काशनपछि कम्पनीको अधिकृत पूँजी, जारी पूँजी, र चुक्तापूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।
विशेष साधारण सभालाई सम्बोधन गर्दै रिडी पावरका अध्यक्ष सञ्जीव न्यौपानेले शेयरधनीहरुको उच्च प्रतिफलका लागि आफूहरू लागि रहने बताए ।
त्यसै गरी सभामा कम्पनीका प्रबन्ध निर्देशक कुबेरमणि नेपालले २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनाको बारेमा शेयर धनीलाई प्रष्ट पारेका थिए । कम्पनीलाई हकप्रद शेयर निष्काशनका लागि विद्युत नियमन आयोगले बैशाख ३ गते अनुमति प्रदान गरिसकेको छ ।
















सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया