नागरिक लगानी कोषको २५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन
मेरोन्यूज
२०८० असार १८ गते १८:०६

काठमाडौं । नेप्सेमा नागरिक लगानी कोषको २५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
सोमबारको अन्तिम कारोबार मूल्य २६ सय १३ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पछि यसको मूल्य २ हजार ९० रुपैयाँ ४० पैसा कायम भएको छ । यसै मूल्यलाई आधार मानेर मंगलबार सेयर कारोबार खुला हुनेछ ।
यसले असार ३१ गते साधारण सभा गर्दैछ । यसका लागि मंगलबार (असार १९ गते)बुक क्लोज गर्दैछ । यसर्थ, आज असार १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
सभामा सीआइटीले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
सम्बन्धित
















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया