सिटिजन्स बैंकको ११ लाख कित्ता सेयर बिक्रीमा
मेरोन्यूज
२०८० असार २० गते १२:४६

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलको ११ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक सेयरधनी तारा बिष्टको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो।
यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य तोकी खरिद आवेदन दिनुपर्नेछ।
यसअघि ३५ दिने सूचना जारी गर्दै बैंकले उक्त सेयर संस्थापक समूहका लागि बिक्री खुला गरेको थियो। तर, संस्थापक सेयरधनीहरुबाट कुनै खरिद आवेदन नपरेपछि बैंकले अन्य व्यक्ति तथा संस्थाका सेयर बिक्री खुला गरेको छ।
इच्छुक लगानीकर्ताले ३५ दिनभित्र काठमाडाैंको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।
सम्बन्धित















मूल्य चापबीच मल अनुदान बढाउँदै भारत
श्रममन्त्री दीपक साह २ सातामै पदमुक्त
काठमाडौँमा चोरी भएको मोटरसाइकलको पार्टपुर्जा खोलेर लुकाएको अवस्थामा फेला
25 people held with drugs from different places
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया