महिला लघुवित्त वित्तीय संस्थाको प्रायोजनमा निःशुल्क दन्त शिविर सम्पन्न

रामेछाप । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रायोजन र महिला अधिकार तथा विकास केन्द्रको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।
महिला लघुवित्त वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व कोष अन्तरगत प्रायोजन गरी रामेछाप जिल्ला स्थित गोकुलगंगा नगरपालिका –४ स्थित जनजागृत माध्यामिक विद्यालयमा तीन दिने निःशुल्क दन्त शिविर शनिबार सम्पन्न गरिएको हो ।
विद्यालयमा अध्ययनरत विध्यार्थी र अभिभावकहरुको निशुल्क दन्त जाँच गरिएको थियो । शिविरबाट करिव ३ सय जना लाभान्वित भएका छन् ।
गोकुलगंगा गाउँपालिका अध्यक्ष काजी बहादुर खड्काको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपाने र महिला अधिकार तथा विकास केन्द्रका उपाध्यक्ष उमा भण्डारीको बिशिष्ट आतिथ्यता रहेको थियो ।
शिविरमा दन्त चिकित्सक डा. विजिता गौतम नेतृत्वको टोलिले दन्त परिक्षण गरिएको थियो ।
शिविरको अवसरमा सोही विध्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई खेलकुद र अध्ययन सामाग्री समेत वितरण गरेको लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले जानकारी दिए ।

















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया