बिहीबार, चैत २६, २०८२

सरकारले बेरुजु कम गर्न काम गरिरहेको छ : अर्थमन्त्री महत

मेरोन्यूज २०८० असार २८ गते १४:३५

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बेरुजु कम गर्नका लागि अर्थ मन्त्रालयले अनुशासन कायम गर्न प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् । बिहीबार राष्ट्रियसभामा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनले पछिल्लो समय मुलुकभर बेरुजुको ठूलो समस्या रहेको बताउँदै अर्थ मन्त्रालयमा मात्रै बेरुजुको समस्या नभएको सरकार गम्भिर रहेको बताए ।

अर्थमन्त्री महतले अर्थ मन्त्रालयसँग जोडिएका बेरुजुको कुरा गर्दा करदाता कतिपय अवस्थामा चित्त नबुझेर अदालत गएको कुरा र सम्बन्धित निकायले निर्णय नगर्दा बेरुजु देखिएको बताए ।

‘बेरुजु समग्रमा मुलुकमा समस्या छ, यो अर्थ मन्त्रालयको मात्रै होइन अन्य सबैतिर समस्या छ, बेरुजु कम गर्नको लागि अर्थ मन्त्रालयले अनुशासन कायम गर्ने विषयमा जागरुपताका साथ लागेको छ,’ उनले भने ।

उनले बेरुजु फस्र्यौटलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको बताए । उनले समग्रमा अनुशासन कायम गर्ने र कुनै कारणले बेरुजु बढ्न नपाओस भन्नेतर्फ मन्त्रालयले सर्तक भएको बताए ।

प्रतिक्रिया