बिहीबार, चैत २६, २०८२

आइएमई लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड मिति तय

मेरोन्यूज २०८० असार २९ गते १३:५८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँड मिति तय भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलले उक्त आइपीओ भोलि शनिवार बिहान ११ बजे क्यापिटलको कार्यालयमा बाँडफाँड गर्ने जनाउको हो । कम्पनीको आइपीओ प्रि अलोटमेन्ट सम्पन्न गरी भोलि बाँफाँडको तयारी गर्ने तयारी गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

आइएमइ लाइफ इन्स्योरेन्सले असार २१ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियाे। कम्पनीले सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३६.९१ रुपैयाँमा शेयर निष्काशन गरेको थियाे ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ।

कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको आइपीओ भने बाँडफाँड गरी सकेको छ ।

प्रतिक्रिया