बिहीबार, चैत २६, २०८२

आइएमई लाइफको आइपीओ बाँडफाँड, कतिले पाए शेयर ?

मेरोन्यूज २०८० असार ३० गते १३:२०

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ आज शनिबार बाँडफाँड गरिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम क्यापिटलको सुन्धारास्थित कार्यालयमा बिहान ११ बजे सम्पन्न भएको हो ।

कम्पनीले गत असार २१ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणका लािग आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले नेपाल धितोपत्र बोर्ड९सेबोन०बाट आफ्नो जारीपुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल १ करोड २० लाख कित्ता आईपीओ बिक्री खुला गर्ने अनुमति पाएको थियो। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३६।९१ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३६।९१ रुपैयाँमा आईपीओ जारी गरेको थियो।

कम्पनीले पहिलो चरणमा कुल कित्ताको १० प्रतिशतले हुन आउने १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको थियो। कुल कित्ताको ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। बाँकी रहेको ९६ लाख कित्ता सेयरमा भने सर्वसाधारणले खरिद आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

धितोपत्र बिक्री प्रबन्धकका अनुसार यो आईपीओमा ११ लाख ९५ हजार ९३२ आवेदकबाट कुल १ करोड ४५ लाख ५ हजार ३९० कित्ता सेयर माग भएको थियो। जसमा ११ लाख ८८ हजार ९९६ आवेदकबाट परेको कुल १ करोड ४३ लाख ७२ हजार ५७० कित्ता सेयर सदर भएको छ भने ६ हजार ९३६ आवेदकबाट परेको १ लाख ३२ हजार ८२० कित्ता सेयर बदर भएको छ।

प्रतिक्रिया