बिहीबार, चैत २६, २०८२

सरकारले चालु वर्षमा गत वर्षभन्दा १० प्रतिशत बढी खर्च गर्‍यो

मेरोन्यूज २०८० असार ३१ गते ९:३७

काठमाडौं । सरकारले चालु वर्षमा १४ खर्ब २८ अर्ब रूपैयाँ बजेट खर्च गरेको छ । सरकारले खर्च गरेको विवरण गत वर्षको तुलनामा एक खर्ब २८ अर्ब रूपैयाँले बढी हो । यो गत वर्षभन्दा १० प्रतिशतले बढी हो।

Advertisement
nepal life insurencenepal life insurence

सरकारले चालु वर्षको लागि विनियोजन गरिएको रकमको तुलनामा ७९ प्रतिशत खर्च गरेको छ। चालु वर्षमा १७ खर्ब ९३ अर्ब बजेट खर्च गर्ने लक्ष्य राखिएको थियो। गत जेठ १५ गते गरिएको सुंशोधिसत अनुमानको तुलनामा भने ९५ प्रतिशत खर्च हो। संशोधित अनुमानमा १५ खर्ब ५ अर्ब खर्च गर्ने लक्ष राखिएको थियो।

यो वर्ष चालु खर्च मात्रै १० खर्ब ६ अर्ब रूपैयाँ पुगेको छ। यो वर्षको लागि छुटाइएको चालु खर्च ११ खर्ब ८३ अर्बको तुलनामा ८५ प्रतिशत हो।

अब चालु आर्थिक वर्षको लागि खर्चको भुक्तानी गर्ने समय सकिएको छ। सरकारले प्रदेश र स्थानीय तहको खाता असार २४ गतेदेखि नै रोकेको थियो। संघीय सरकारलाई अत्यावश्यक, रकमान्तर र स्रोतान्तर गरेको खर्च भुक्तानी गर्न सुविधा शनिबारसम्म रहेकोमा आइतबार कुनै पनि भुक्तानी गर्न नपाइने भएको हो ।

चालु आर्थिक वर्षको लागि आज अन्तिम दिन हो। आइतबार भुक्तानी नहुने भएपछि शनिबार नै भुक्तानी दायित्व सकिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। शनिबार मात्रै प्रणालीबाट ९ अर्ब ७८ करोड ११ लाख रूपैयाँ भुक्तानी गरिएको छ।

प्रतिक्रिया