बिहीबार, चैत २६, २०८२

भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

पेट्रोलको घट्यो, डिजेलको बढ्यो

मेरोन्यूज २०८० असार ३१ गते १३:१९

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य ३४ पैसाले घटेर आएको छ भने डिजेलको मूल्य बढेर आएको छ।

Advertisement
nepal life insurencenepal life insurence

डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ । पेट्रोलको मूल्य भने ३४ पैसाले घटेर आएको नेपाल आयल निगमले जनाएको छ। नयाँ मूल्यसूचीपछि पनि निगम सबै पेट्रोलियम पदार्थमा नाफामा छ । पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ तथा डिजेलमा साढे ६ रुपैयाँ निगमलाई नाफा छ ।

प्रतिक्रिया