बिहीबार, चैत २६, २०८२

एसबिआई बैंकले ऋणपत्र निष्काशन गर्न बोर्डबाट पायो स्वीकृति

मेरोन्यूज २०८० असार ३१ गते १८:१७

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल एसबिआई बैंक लिमिटेडलाई २ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ । बार्डले कम्पनीलाई २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न असार २७ गते अनुमति दिएको हो । ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

अनुमति पाएसँगै कम्पनीले कुल कित्तामध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने बाँकी रहेको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

कम्पनीले आगामी १० वर्षका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा नेपाल एसबिआई बैंक डिबेञ्चर २०८९ नामक ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो ।

प्रतिक्रिया