छात्रवृत्तिका लागि १०८३ ले दिए काठमाडौं महानगरमा अनलाइन आवेदन

काठमाडौँ । काठमाडौं महानगरपालिकामा कक्षा ११ को छात्रवृत्तिका लागि एक हजार ८३ जनाले अनलाइन आवेदन दिएका छन् ।
महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिका लागि २८ असार बिहान १० बजेबाट ४ साउन अपराह्न साढे तीन बजेसम्म आवेदन दिन सूचना जारी गरेको थियो। यो अवधिमा यति संख्यामा छात्रवृत्तिका लागि आवेदन आएको हो ।
८ दिनको अवधिमा एक हजार ८३ जनाको अनलाइन आवेदन दर्ता भएको महानगरले जनाएको छ। सबैभन्दा धेरै आवेदक विज्ञानको छात्रवृत्तिका लागि परेको छ।
विज्ञान विषय पढ्न चाहने पाँच सय ४९ छात्र र दुई सय २७ छात्राले अनलाइन आवेदन दिएका छन्। दोस्रोमा व्यवस्थापन विषय पढ्न चाहने छन्। व्यवस्थापन विषय पढ्न चाहने एक सय ४८ छात्र र ९१ छात्राले निवेदन दिएका छन्।
प्राविधिक विषयका लागि २४ छात्र र १७ छात्रा गरी ४१ जना, कानुन विषयका लागि १६ छात्रा र ७ छात्र गरी २३ जना, मानविकीमा एक छात्र र एक छात्रा तथा शिक्षामा पनि एक–एक छात्रछात्राको आवेदन परेको छ।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया