छात्रवृत्तिका लागि १०८३ ले दिए काठमाडौं महानगरमा अनलाइन आवेदन

काठमाडौँ । काठमाडौं महानगरपालिकामा कक्षा ११ को छात्रवृत्तिका लागि एक हजार ८३ जनाले अनलाइन आवेदन दिएका छन् ।
महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिका लागि २८ असार बिहान १० बजेबाट ४ साउन अपराह्न साढे तीन बजेसम्म आवेदन दिन सूचना जारी गरेको थियो। यो अवधिमा यति संख्यामा छात्रवृत्तिका लागि आवेदन आएको हो ।
८ दिनको अवधिमा एक हजार ८३ जनाको अनलाइन आवेदन दर्ता भएको महानगरले जनाएको छ। सबैभन्दा धेरै आवेदक विज्ञानको छात्रवृत्तिका लागि परेको छ।
विज्ञान विषय पढ्न चाहने पाँच सय ४९ छात्र र दुई सय २७ छात्राले अनलाइन आवेदन दिएका छन्। दोस्रोमा व्यवस्थापन विषय पढ्न चाहने छन्। व्यवस्थापन विषय पढ्न चाहने एक सय ४८ छात्र र ९१ छात्राले निवेदन दिएका छन्।
प्राविधिक विषयका लागि २४ छात्र र १७ छात्रा गरी ४१ जना, कानुन विषयका लागि १६ छात्रा र ७ छात्र गरी २३ जना, मानविकीमा एक छात्र र एक छात्रा तथा शिक्षामा पनि एक–एक छात्रछात्राको आवेदन परेको छ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया