एनआरएन बेलायतको नेतृत्वका लागि तीन जनाबीच प्रतिस्पर्धा

बेलायत। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी कार्यकालको लागि आज निर्वाचन हुँदैछ ।
४१८३ मतदाता रहेको निर्वाचनमा अनलाइन मार्फत हुने गैरआवासीय नेपाली संघ यूकेको निर्वाचन समितिका संयोजक चिरन्जीबी ढकालले जनाए ।
निर्वाचन समितिका अनुसार मतदान विहान ६ बजे देखि राति १२ बजे सम्म अनलाइन मतदान जारी रहनेछ । भोटिङ व्यवस्थापनको जिम्मा अष्ट्रेलियको भेरे भेण्डरले लिएको छ । गैरआवासीय नेपाली संघले यसै वर्ष देखि फेसभेरिफिकेशन मार्फत अनलाइन निर्वाचनको शुरुआत गरेको छ।
संघको अध्यक्ष पदको लागि दिनेश घिमिरे, हितकाजी गुरुङ, र नारायण कंडेल चुनावी मैदानमा उत्रेका छन् । घिमिरेलाई संघका कार्यकारी अध्यक्ष डा बद्री केसी पक्षको समर्थन रहेको छ भने अर्का अध्यक्ष कुल आचार्यले गुरुङलाई समर्थन गरेका छन् । कंडेलले आफूलाई स्वतन्त्र उम्मेदवारको रुपमा उभ्याएका छन् ।
संघको ४ आइसीसी (केन्द्रीय) सदस्यको लागि ६ जनाबीच प्रतिस्पर्धा हुदैछ । आइसीसी सदस्यमा शुनिलबाबु खड्का, मोहन कार्की, विष्णु चालिसे, चन्द्र बहादुर गुरुङ, दिलराज गुरुङ, र डा सुनिल शाहको उम्मेदवारी कायम छ ।
यस्तै, संघको २ उपाध्यक्ष पदको लागि ज्ञानेन्द्र आले, रविन्द्र कंडेल, सुरेश परियार, ओमन गौचन र कर्मा शेर्पाबीच निर्वाचन हुँदैछ ।
यस्तै स्कटल्याण्डको उपाध्यक्षमा मनिष खरेल र रामप्रसाद बगालेबीच निर्वाचन हुने भएको छ ।
यस्तै महासचिवमा गोविन्द खरेल र बालकृष्ण भुषालबीच निर्वाचन हुने भएको छ । भुषाल नेपाल सरकारका पूर्व सहसचिव हुन् । सहकोषाध्यक्षमा हेम गुरुङ र सुमन शर्माबीच निर्वाचन हुने भएको छ ।
युवा संयोजकमा विकास नेपाल र सुजित शाहिबीच निर्वाचन हुने भएको छ।
संघका अन्यपदाधिकारीहरु निर्विरोध निर्वाचित भैसकेका छन् ।
यस्तै, इंल्याण्ड राज्यपरिषदको अध्यक्षमा शम्भु प्रसाद अर्याल र शन्तोष कुमार सुवेदीबीच निर्वाचन हुने भएको छ ।
स्कटल्याण्ड राज्यपरिषदको सबै पदमा दोहोरो प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा दिवाकर पाण्डे र उज्वल कार्की, उपाध्यक्षमा प्रजापति शर्मा र कमल श्रेष्ठ सचिवमा मोतिलाल खरेल र रामप्रसाल कंडेल, सहसचिवमा भूपाल कार्की र भोजराज खरेलबीच निर्वाचन हुने पक्का भएको छ ।
कोषाध्यक्षमा बासुदेव पोखरेल र सहकोषाध्यक्षमा कल्याण अर्याल निर्विरोध निर्वाचित भए ।
कार्यसमितिको ४ पदमा ८ जनाको उम्मेदवारी कायम रहे पछि सबै पदमा निर्वाचन हुने भएको छ । सदस्यहरुमा सागर पाण्डे, झपेन्द्र सापकोटा, मनोहरी सापकोटा, बिराज ढुंगेल, जीवालाल भण्डारी, पवित्रा भण्डारी, तुल्सीराम न्यौपाने र स्वस्थितमा खड्का छन् ।









बेतन कर्णाली जलविद्युत परियोजनाको लागि ९३ अर्ब लगानी स्वीकृत
सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीले भनिन्- संसद पुनःस्थापनको कुरा गर्नु अराजकता
हर्मितको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियाे १४८ रनको लक्ष्य
सिमरामा भएको घटना संवेदनशील : रास्वपा
एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५० मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया