परराष्ट्रमन्त्री साउद र खानेपानीमन्त्री यादवलाई १५/१५ हजार जरिवाना

काठमाडौँ । निर्वाचन आयोगले परराष्ट्रमन्त्री एनपी साउद र खानेपानीमन्त्री महिन्द्र राययादवलाई १५/१५ हजार जरिवाना गरेको छ । गत मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनको खर्च विवरण सार्वजनिक नगरेको भन्दै मन्त्रीद्वय साउद र यादवलाई आयोगले १५/१५ हजार जरिवाना गरेको हो ।
आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले मन्त्रीद्वय साउद र राययादवलाई १५/१५ हजार जरिवाना तिराउने निर्णय भएको विज्ञप्तिमार्फत जनाएका छन् ।
साउद प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुर–२ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भइ विजयी भएका थिए भने राययादव सर्लाही २ बाट नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवार भएर विजयी भएका थिए ।
आयोगले अनुसार मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार भएकालाई वैशाख ६ गतेदेखि १२ गतेसम्म निर्वाचन खर्चको विवरण सार्वजनिक गरेको लिखित जानकारी आफू उम्मेदवार रहेको प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा गराउन निर्देशन एको थियो।
तोकेको समयभित्र प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्चको विवरण पेश गर्ने प्रतिनिधि सभाका उम्मेदवारलाई निर्वाचन (कसुर तथा सजाय)ऐन, २०७४ को दफा ३१ को उपदफा (२) बमोजिम गत जरिवाना गराइएको आयोगका प्रवक्ता पौडेलले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया