शुक्रबार, वैशाख ४, २०८३

परराष्ट्रमन्त्री साउद र खानेपानीमन्त्री यादवलाई १५/१५ हजार जरिवाना

मेरोन्यूज २०८० साउन ९ गते १८:५५

काठमाडौँ । निर्वाचन आयोगले परराष्ट्रमन्त्री एनपी साउद र खानेपानीमन्त्री महिन्द्र राययादवलाई १५/१५ हजार जरिवाना गरेको छ । गत मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनको खर्च विवरण सार्वजनिक नगरेको भन्दै मन्त्रीद्वय साउद र यादवलाई आयोगले १५/१५ हजार जरिवाना गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले मन्त्रीद्वय साउद र राययादवलाई १५/१५ हजार जरिवाना तिराउने निर्णय भएको विज्ञप्तिमार्फत जनाएका छन् ।

साउद प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुर–२ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भइ विजयी भएका थिए भने राययादव सर्लाही २ बाट नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवार भएर विजयी भएका थिए ।

आयोगले अनुसार मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार भएकालाई वैशाख ६ गतेदेखि १२ गतेसम्म निर्वाचन खर्चको विवरण सार्वजनिक गरेको लिखित जानकारी आफू उम्मेदवार रहेको प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा गराउन निर्देशन एको थियो।

तोकेको समयभित्र प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्चको विवरण पेश गर्ने प्रतिनिधि सभाका उम्मेदवारलाई निर्वाचन (कसुर तथा सजाय)ऐन, २०७४ को दफा ३१ को उपदफा (२) बमोजिम गत जरिवाना गराइएको आयोगका प्रवक्ता पौडेलले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।

प्रतिक्रिया