सामाजिक सञ्जाल र क्रियाकलापमा अशोभनीय गतिविधि देखाउनेविरुद्ध कांग्रेस निर्मम, सदस्यता खारेज गर्ने
देउवाले भने : सोचे जति आलोचना भएन, साथीहरूलाई धन्यवाद

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस अशोभनीय क्रियाकलाप देखाउने नेता कार्यकर्ताविरुद्ध निर्मम हुने निर्णय लिएको छ । साउन २ गतेदेखि बुधबारसम्म बसेको केन्द्रीय समिति बैठकले पार्टी र नेतृत्वको विरुद्धमा लेख्ने तथा त्यस्ता सामग्री शेयर गर्ने कार्यकर्ता, तथा आन्दोलनको क्रममा कालोमोसो दल्नेको सदस्य खारेज गर्ने निर्णय गरेको हो ।
बैठकका निर्णय सुनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक संजालमा पार्टी र नेतृत्वको विरुद्धमा लेख्ने तथा त्यस्ता सामग्री शेयर गर्ने नेता कार्यकर्तालाई पदमुक्त हुनेगरी कारबाहीमा पर्ने निर्णय गरेको जानकारी दिए ।
केन्द्रीय कार्य समिति बैठकको अन्तिममा सभापति शेरबहादुर देउवाले सामाजिक संजालमा पार्टी र नेतृत्वविरुद्ध बोल्ने लेख्नेलाई कारबाही गर्ने प्रस्ताव निर्णयमा माइन्युट गर्न महामन्त्री विश्वप्रकाश शर्मालाई दिर्नेशन दिए ।
बैठकमा प्रवक्ता डा. प्रकाश शरण महत र केन्द्रीय सदस्य राजीव ढुंगानाले सामाजिक संजालमा नेता र नेतृत्वविरुद्ध जथाभावी लेख्ने, आरोप लगाउने तथा कांग्रेसका नाममा अनधिकृत अकाउन्ट चलाएर निश्चित नेतालाई आरोपित गर्नेमाथि अनुशासनको कारवाहीको निर्णय हुनुपर्ने बताएका थिए ।
त्यस्तै कांग्रेसले कांग्रेसले कुनै पनि माग राखेर आन्दोलनको क्रममा कालोमोसो दल्नेको सदस्यता स्वतः खारेज गर्ने निर्णय गरेको महामन्त्री शर्माले जानकारी दिए ।
केन्द्रीय समिति बैठकले आन्दोलनको क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्नेको सदस्यता खारेज गर्ने निर्णय भएको महामन्त्री शर्माले बताए ।
शर्माले भने ‘जातीय विभेद, घरेलु हिंसा या अन्य सामाजिक विसंगतिहरुमा प्रमाणित वा कुनै पनि प्रकृतिका मागहरु अघि सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्ने घटनामा आवद्ध व्यक्तिको सदस्यता अविलम्ब खारेज हुन्छ ।’
बैठक समापनको क्रममा सभापति देउवाले केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धेरै आलोचना नगरेकोमा सबैलाई धन्यवाद दिए । साउन २ गतेबाट सुरु भएको बैठकको समापन गर्दै देउवाले नेताहरुबाट धेरै आलोचना नभएको बताए । उनले भने, ‘धेरै आलोचना होला भन्ने थियो । तर भएन । साथीहरुलाई धन्यवाद ।’
केन्द्रीय कार्यसमिति बैठक लाइभ गर्दा पार्टीमा सबै एकसय एक छन् भन्ने थाहा भएको देउवाले बताए । ‘बैठक लाइभ गर्दा धरै साथीहरुले बोल्नुभयो । सबै एकसय एक हुनुहुन्छ भन्ने थाहा भयो । मैले धेरै बोल्नु छैन ,’ देउवाले भने ।















आयोन र एक्सपिङसहित सीजी मोटर्सकाे पोखरामा मेघा सेल्स तथा एक्सचेन्ज क्याम्प
हेटौंडामा ‘एक्सपेरियन्स टोयोटा’ टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम हुँदै
वार्ता संकेतबीच इरानले हान्याे मिसाइल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया