सोमबार, मंसिर ८, २०८२

सलमान खानलाई ज्यान मार्ने धम्की दिने ग्याङ्स्टर यूएईबाट पक्राउ

मेरोन्यूज २०८० साउन ११ गते १०:२५

काठमाडौं । सलमान खानलाई ज्यान मार्ने धम्की दिने ग्याङ्स्टर विक्रम बरार पक्राउ परेका छन् । उनलाई भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले यूएईबाट पक्राउ गरेको हो ।


भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार बरार पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा पनि संलग्न थिए र त्यसयता उनी फरार थिए। उनी दुबईमा बसेर ग्याङ्स्टर लरेन्सको गिरोह चलाइरहेका थिए।

विक्रम बरारले सलमान खानका पिता सलिम खानलाई पत्र पठाउँदै सलमानको हत्या गर्न लागेको भन्दै धम्की दिएका थिए।

प्रतिक्रिया