मंगलबार, वैशाख ९, २०८२

कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापा पदमुक्त

मेरोन्यूज २०८० साउन ११ गते १५:०२

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गरेको हो । थापा पदमुक्त हुने आदेश इजलासले दिएको हो ।

२१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु असंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।

कार्कीले थापाको नियुक्ति बदर गरी संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका थिए ।

कार्कीलाई मुख्यमन्त्री नियुक्तिको परमादेश भने दिन भने इजलासले अस्वीकार गरेको छ ।

प्रतिक्रिया