सिटिजन्स बैंकको गत वर्षको नाफा दुई अर्ब २१ करोड

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । आर्थिक वर्ष ७८/७९ को तुलनामा आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासमा बैंकको नाफा १० दशमलव ४१ प्रतिशतले वृद्धि हुँदै २ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।
बैंकको खुद ब्याज आम्दानी १७ दशमलव ३० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब ९९ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको चौथो त्रैमासमा ५ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । संचालन नाफा पनि १३ दशमलव ४२ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।
खुद नाफामा वृद्धिसंगै कम्पनीको प्रति शेयर आम्दानी पनि १० दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष १४ दशमलव १२ प्रतिशत रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १५ दशमलव ५९ प्रतिशत रहेको छ ।
कम्पनीले प्रकाशन गरेको प्रतिवेदन अनुसार कम्पनीको वितरणयोग्य नाफा १ अर्ब ३ करोड रहेको छ। यसको आधारमा कम्पनीको प्रति शेयर वितरणयोग्य नाफा ७ रुपैयाँ ३० पैसा रहेको छ ।
कम्पनीको खराब कर्जा भने केही बढेको छ । अघिल्लो वर्ष २ दशमलव २२ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षको अन्त्यमा ३ दशमलव १९ प्रतिशत रहेको छ ।
१४ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडामा ६ अर्ब ७ करोड रुपैयाँ र रिटेण्ड अर्निंङ्गमा १ अर्ब ३ करोड रुपैयाँ रहेको छ। प्रकाशित तथ्याङ्क अनुसार कम्पनीको प्रति शेयर नेटवर्थ १५० रुपैयाँ ०८ पैसा रहेको छ ।
















अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
बिक्री हुने वस्तुमा ‘मूल्य’ र ‘लेबल’ अनिवार्य राख्नुपर्ने
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया