शनिबार, फागुन ९, २०८२

मधेश प्रदेशका २ मन्त्रीले दिए राजीनामा

मेरोन्यूज २०८० साउन १५ गते १२:२३

जनकपुरधाम । मधेश प्रदेशका एक जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

मन्त्रालय खोसेर विना विभागीय मन्त्री बनाइएका जनमतका वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले पार्टीको निर्देशनमा राजीनामा दिएका हुन् ।

कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए ।

अब हुने मन्त्रिपरिषद् विस्तारमा जनमतले प्रमुख सचेतक चन्दन सिंह र राज्यमन्त्रीका लागि दलितबाट प्रतिनिधित्व गर्न मञ्जु खंगलाई पठाउने तयारी गरेको बुझिएको छ ।

मधेशमा आजै मन्त्रिपरिषद विस्तारको तयारी छ ।

प्रतिक्रिया