शुक्रबार, फागुन ८, २०८२

सुन प्रकरणमा कुरा नमिलेपछि प्रतिनिधि सभा बैठक मंगलबारसम्म स्थगित

मेरोन्यूज २०८० साउन १५ गते १४:३१

काठमाडौं । सुन प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिलेपछि प्रतिनिधि सभाको सोमबार बोलाइएको बैठक मंगलबारसम्म स्थगित भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्वीन्टल सुनको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्च स्तरीय छानबिन समितिको माग गर्दै आएको छ । यसमा सत्तापक्ष तयार ननभएपछि कुरा नमिलेको हो ।

यसअघि १० साउनमा बोलाइएको बैठकमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको थियो ।

सोमबार पनि एमालेले त्यही अडान राखेपछि सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक मंगलबार दिउँसो १ बजेसम्म स्थगित गरेका हुन् ।

यसअघि सोमबार विहान संसद खुलाउने विषयमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेता छलफलमा बसेका थिए । छलफलमा स्पष्ट जवाफ नआएकाले आफूहरूले संसद् अवरोध कायम राख्ने अडान एमालेले राखेको थियो ।

प्रतिक्रिया