ईसेवाबाट बीमा शुल्क भुक्तानी तथा नवीकरण गर्दा ल्यापटप र ५०० क्यासब्याक

काठमाडौं । विद्युतीय भुक्तानी सेवा प्रदायक ईसेवाबाट बीमा शुल्क भुक्तानी तथा नवीकरण गर्दा पुरस्कार पाउन सकिने भएको छ । नवीकरण गर्नेमध्ये एक जनाले डेलको ५३२० आइ फाइभ ल्यापटप जित्न सकिने ईसेवाले जनाएको छ ।
ईसेवाका अनुसार साउन २५ गतेसम्म सञ्चालन हुने यस अभियानमा हरेक दिन पाँच जना भाग्यशाली ग्राहकले समेत ५०० रुपैयाँ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यस योजनामा सहभागी हुन कुनै पनि लाइफ इन्स्योरेन्स्को प्रिमियम ईसेवा मार्फत भुक्तानी गरेको हुनुपर्नेछ भने भुक्तानी गर्ने व्यक्ति ईसेवामा प्रमाणित भएको हुनुपर्नेछ ।
ईसेवाले दैनिक उपहार विजेताको नाम हरेक हप्ता ईसेवाको ब्लग र फेशबुक पेज मार्फत सार्बजनिक गर्नेछ भने योजनाको अन्त्यमा ग्राण्ड पुरस्कार विजेता छनोट गरी ल्यापटप प्रदान गर्नेछ । ग्राण्ड पुरस्कार विजेताको नाम ईसेवाको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी सार्वजनिक गर्ने पनि ईसेवाले जनाएको छ ।
हाल एण्ड्रोइड तथा आइओएस मोफाइल मार्फत ७५ लाख बढी ग्राहकले सेवा लिइरहेको ईसेवाको दाबी छ । यसैभरी देशभर रहेका दुई लाख भन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेको पनि जनाएको छ।
ईसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी लगायत दुई लाख भन्दा सेवा तथा मर्चेन्टको भुक्तानी गर्न सकिन्छ ।
















पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया