शनिबार, फागुन ९, २०८२

कोशीका सभामुख बालुवाटारमा, राजीनामाको तयारी

कांग्रेसका उद्दव थापा मुख्यमन्त्री बन्ने, गौतमलाई मन्त्री बनाइने

मेरोन्यूज २०८० साउन १६ गते ११:०६

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार निर्माणका लागि सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाइने भएको छ । उनलाई राजीनामाका लागि मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहल लिईरहेका छन् । गौतम अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छन् ।

Advertisement
nepal life insurencenepal life insurence

कांग्रेसका प्रदेश सभा दल नेता उद्दव थापाकै नेतृत्वमो कोशीमा कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीले नयाँ सरकार गठनको तयारी गरेका छन् । सभामुख गौतमले यस अगाडी थापालाई सभामुखको आसनबाटै समर्थन गरेर कोशीमा नयाँ सरकार बनाइएकोमा सर्वोच्च अदालतले गैरसंवैधानिक भनेर खारेज गरिदिएपछि आज अपरान्ह ५ बजेसम्म नयाँ सरकार गठनका लागि बहुमत दावी गर्न दलहरुलाई समयसिमा दिइउको छ ।

तर राप्रपा र एमाले एकातिर उभिदाँ सरकार गठनमा दुवै गठबन्धनले बहुमत जुटाउन नसकेपछि सभामुख गौतमलाई राजीनामा गराउन लागिएको हो । गौतम राजीनामा दिने निर्णयमा पुगिसकेका छन् । यधपी उनले अहिले पनि आफु छलफलमै रहेको बताएका छन् ।
‘म अहिले पनि छलफलमा छु । प्रधानमन्त्री निवासमा छलफल जारी छ,’ गौतमले मेरोन्यूजसँग भने ।

गौतमलाइृ कोशी प्रदेश सरकारमा मन्त्री बनाएर उनलाई अहिले राजीनामा दिन लगाइदैछ । उनले आजै उपसभामुखसमक्ष राजीनामा दिने र त्यसपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी मिलेर सरकार दावी गर्ने तयारी भईरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले त्यसैका लागि छलफल जारी छ । संयुक्त सरकारका लागि यो गठबन्धनले आज अपराह्न ५ बजेभित्र दाबी पेस गर्न नसके एमाले नेतृत्वमा अल्पमतको सरकार बन्ने छ ।

शुरुमा सभामुख गौतमले आफुले राजीनामा दिनै पर्ने भए आफ्नै नेतृत्वमा प्रदेश सरकार गठनको प्रस्ताव प्रधानमन्त्री प्रचण्डसाग राखेका थिए । त्यसो नभए माओवादीको नेतृत्वमा सरकार गठनको प्रस्ताव पनि उनको थियो । तर कांग्रेसले आफनो प्रदेश सभा दलका नेता उद्दव थापा जम्मा २२ दिन मात्रै सरकारको नेतृत्वमा रहेको र अन्ततः अदालतले असम्वैधानिक कहर गरी हटाईदिएको भन्दै कांग्रेसले मुख्यमन्त्रीको दावी छोडन नमानेपछि माओवादी गौतमलाई मन्त्री बनाएर थापाकै नेतृत्वमा सरकार बनाउन लचिलो बनेको हो ।

त्यही क्रममा गौतमलाई सभामुखबाट राजीनामा गराउन लागिएको छ । गौतम सहमत भईसकेका छन् । गौतमले राजिनामा दिए पछि गठबन्धन दलकाबाट कांग्रेस नेता उद्धव थापाले प्रदेश प्रमुख पर्शुराम खापुङ्ले दिएको समयभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्ने गठबन्धन दलका प्रदेश सांसदको भनाइ छ ।
रकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ । तर गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, नेकपा ९एकीकृत समाजवादी० का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजिनामा गराएर बहुमत पुर्‍याउने निर्णयमा पुग्न बाध्य भएको हो । एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन् ।

प्रतिक्रिया