कमेडी शो ‘आम्मा कसम याँ दुख्छ’ को दोस्रो सिजन शनिबारबाट

काठमाडौँ । नेपालको पहिलो कमेडी शो ‘आम्मा कसम याँ दुख्छ’ को दोस्रो सिजन साउन २० बाट प्रसारण हुने भएको छ । मंगलबार काठमाडौ“मा एक कार्यक्रमको आयोजना गर्दै शोको पहिलो भागको प्रोमो सार्वजनिक गरिएको छ । दोस्रो सिजनको पहिलो भागमा काठमाडौ“ महानगरपालिकाका पूर्व मेयर केशव स्थापित अतिथिका रुपमा रहेका छन् ।
यो कमेडी शो हरेक शनिबार राती ८ः४५ बजे नेपाल नेटवर्क (एनएन) टेलिभिजन र ओएसआर रियालिटी युट्युव च्यानलबाट प्रसारण हुनेछ । आयोजकका अनुसार पहिलो सिजनको तुलनामा यसपालि अझ राम्रो र थप परिमार्जन गरिएको छ ।
कमेडी शोकी निर्देशक श्रद्धा प्रसाईंका अनुसार शोबाट दर्शकले यसपटक भरपुर मनोरन्जन लिन सक्नेछन् । ‘पहिलो सिजनको तुलनामा यस पटक बढी मिहिनेत गरिरहेका छौं ।’ प्रसाईंले भनिन् ।
यस्तै शोका होस्ट विक्की अग्रवालले यसपटक शोमा निम्त्याईने अतिथि अझ विशेष भएको जानकारी गराए । ‘अहिलेसम्म पाँच वटा भागको छायांकन भईसकेको छ । आगामी छायांकनका लागी बिभिन्न कलाकारदेखी राजनीतिज्ञसँग कुरा भईरहेको छ ।’ अग्रवालले भने ।
उक्त कमेडी शोको गेष्ट म्यानेजमेन्टको काम गोपिकृष्ण चापागाईंले गरेका छन् । यस्तै विक्की अग्रवाल होस्टको रुपमा छन् भने बिना त्रिपाठी ‘डिजे माया’ को भूमिकामा देखिने छिन् ।
यस्तै दोस्रो सिजनमा रिपोर्टर पिंकुको भूमिकामा प्रनेश गौतम भित्रिएका छन् । शोमा लेखनको काम शुसान्त बस्याल र विकाश अर्याल रहेका छन् भने शोको स्टाइलिस्ट सुदेश्ना महर्जन हुन् । शोको प्रोडक्सन म्यानेजरको काम तुसार लम्सालले गरेका छन् ।

















आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया