सोमबार, मंसिर ८, २०८२

‘ड्रिम गर्ल–२’ ट्रेलर : दाेहाेराे भूमिकामा आयुष्मान

मेरोन्यूज २०८० साउन १७ गते १४:२५

काठमाडौं । आयुष्मान खुराना र अनन्या पाण्डे स्टारर फिल्म ‘ड्रिम गर्ल–२’को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा आयुष्मान डान्सर पूजाको भूमिकामा देखिएका छन् । भदौ ८ मा रिलिज हुने सिनेमामा आयुष्मानसँगै अनन्या पाण्डे, परेश रावल, अनु कपुर, विजय राज, राजपाल यादव, सीमा पहवालगायत कलाकारको अभिनय छ ।

फिल्ममा आयुष्मान दोहोरो भूमिकामा देखिनेछन् । उनी महिला र पुरुषको दुवै भूमिकामा देखिँदैछन् । फिल्मका निर्देशक राज शाण्डिल्य हुन् ।

ट्रेलरमा पूजाको चरित्रमा आयुष्मान सहरका मानिसहरुसँग कुराकानी गरिरहेको देखिन्छ । फिल्मको ट्रेलरबाट परेश रावल, अनन्या पाण्डे र आयुष्मान खुरानाबीच ‘गलतफहमी’ भएको र त्यसकाे समाधान गर्ने प्रयास भइरहेको देखिन्छ । साथै डिप्रेसनबाट बाहिर निस्कन विभिन्न उपाय अपनाइरहेकाे देखाइएकाे छ ।

यस्तै ट्रेलरमा आयुष्मान खुरानाको ब्राइडल लुक पनि देख्न सकिन्छ ।

प्रतिक्रिया