‘ड्रिम गर्ल–२’ ट्रेलर : दाेहाेराे भूमिकामा आयुष्मान

काठमाडौं । आयुष्मान खुराना र अनन्या पाण्डे स्टारर फिल्म ‘ड्रिम गर्ल–२’को ट्रेलर सार्वजनिक भएको छ ।
ट्रेलरमा आयुष्मान डान्सर पूजाको भूमिकामा देखिएका छन् । भदौ ८ मा रिलिज हुने सिनेमामा आयुष्मानसँगै अनन्या पाण्डे, परेश रावल, अनु कपुर, विजय राज, राजपाल यादव, सीमा पहवालगायत कलाकारको अभिनय छ ।
फिल्ममा आयुष्मान दोहोरो भूमिकामा देखिनेछन् । उनी महिला र पुरुषको दुवै भूमिकामा देखिँदैछन् । फिल्मका निर्देशक राज शाण्डिल्य हुन् ।
ट्रेलरमा पूजाको चरित्रमा आयुष्मान सहरका मानिसहरुसँग कुराकानी गरिरहेको देखिन्छ । फिल्मको ट्रेलरबाट परेश रावल, अनन्या पाण्डे र आयुष्मान खुरानाबीच ‘गलतफहमी’ भएको र त्यसकाे समाधान गर्ने प्रयास भइरहेको देखिन्छ । साथै डिप्रेसनबाट बाहिर निस्कन विभिन्न उपाय अपनाइरहेकाे देखाइएकाे छ ।
यस्तै ट्रेलरमा आयुष्मान खुरानाको ब्राइडल लुक पनि देख्न सकिन्छ ।

















आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया