सामाखुसीबाट बेपत्ता भएका साजनको शव ११ दिनपछि भेटियो
मेरोन्यूज
२०८० साउन १८ गते १८:५७

काठमाडौं । सामाखुसीमा नालाबाट बेपत्ता भएका बालक १३ वर्षीय बालक साजन मगर दक्षिणकाली नगरपालिका–७ भुल्कास्थित बागमती नदी किनारमा मृत फेला परेका छन् । ।
बिहीबार दिउँसो ३ बजे साजनको शव दक्षिणकाली नगरपालिका–७ भुल्कास्थित बागमती नदी किनारमा मृत फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।
मगरलाई साउन ७ गते काठमाडौंको सामाखुसीमा आएको बाढीले बगाएको थियो।
प्रहरीका अनुसार मुचुल्का सकेर पोष्टमर्टमको लागि शव टिचिङ अस्पतालमा लगिएको छ।
मगर सामाखुसीमा खसेर बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विभिन्न टोलीले खोजी गरिरहेको थियो।
सम्बन्धित
















स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया