शनिबार, फागुन ९, २०८२

दोलखाको पहिरोमा पुरिएर बालकको मृत्यु

मेरोन्यूज २०८० साउन १९ गते ११:२५

दोलखा। दोलखाको गौरीशंकर गाउँपालिका-७ टोपाटारमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

पहिरोमा तीन जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर तीन वर्षीय बालक प्रिन्स थामीको मृत्यु भएको वडा नम्बर- ७ का वडाध्यक्ष सोनाम शेर्पाले जानकारी दिए ।

बेपत्ता हुनेहरूमा स्थानीय ५५ वर्षका कृष्णबहादुर मगर, ५२ वर्षकि उनकी श्रीमती देव मगर, ५४ वर्षका हरिलाल श्रेष्ठ रहेका छन्। उनीहरूको खोजी भइरहेको छ ।

पहिरोको कारण ६ वटा घरमा पुनः रूपमा क्षति गरेको छ भने,दुई दर्जन घरमा आंशिक क्षति गरेको छ।वडा नम्बर(८ खारेबाट झरेको पहिरोले वडा नम्बर-७ मा जनधनको क्षति गरेको हो।

प्रतिक्रिया