सोमबार, मंसिर ८, २०८२

बलिउड गायक जावेद अली काठमाडौंमा

मेरोन्यूज २०८० साउन १९ गते १३:५५

काठमाडौं । सांगीतिक कार्यक्रममा सहभागी हुन बलिउडका गायक जावेद अली काठमाडौंमा आएका छन्। शुक्रबार काठमाडौं आइपुगेका उनले सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिनेछन् ।

लाइभ इन नेपाललाई लिक्विड इन्टेलिजेन्सले आयोजना गरेको हो।

गत बिहीबार एक भिडियो सन्देश जारी गर्दै गायक अलीले आफ्नो कन्सर्टमा प्रस्तुत दिन नेपाली प्रशंसकलाई अपील गरेका थिए ।

बजरंगी भाइजान, गजनी, गुजारिशजस्ता चर्चित फिल्ममा स्वर दिएका गायक अलीले ५०० बढी गीत गाइसकेका छन्।

प्रतिक्रिया