बागमतीमा मन्त्रालय फोडेर चित्रकारलाई उद्योग मन्त्रालय

मकवानपुर । वाग्मती प्रदेशमा मन्त्रालय फोडेर विनाविभागीय मन्त्रीलाई जिम्मेवारी प्रदान गरिएको छ ।
विनाविभागीय मन्त्रीका रुपमा शपथ लिएको ७७ दिनपछि कांग्रेसका बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जिम्मेवारी प्राप्त गरेका छन् । जेठ ७ गते विनाविभागीय मन्त्रीको शपथग्रहण गरेका चित्रकारले आजबाट उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
उनलाई प्रदेश सरकारले मन्त्रालय विभाजन गरी जिम्मेवारी सुम्पेको हो । वागमती प्रदेशमा कायम ११ वटा मन्त्रालयमध्ये उद्योग पर्यटन तथा सहकारी मन्त्रालयलाई विभाजन गरी नयाँ मन्त्रालय खडा गरिएको हो । मन्त्रालय विभाजनको विषयमा लामो समयदेखि सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच विवाद थियो ।
कांग्रेसले भौतिक पूर्वाधार मन्त्रालय विभाजन गरी चित्रकारलाई जिम्मेवारी दिनुपर्ने माग राख्दै आए पनि माओवादीले आफ्नो भागमा परेको मन्त्रालय विभाजन गर्न नमान्दा विवाद सिर्जना भएको हो । जसकारण पनि मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको आलोचना हुने गरेको थियो ।
सरकार गठनको समयमा उच्चस्तरीय समिति निर्माण गरी मन्त्रालयको संख्या १० प्रतिशतमा सीमित राख्ने प्रतिबद्धता जनाएका मुख्यमन्त्री जम्कट्टेलले मन्त्रालय विभाजन गरेर आफ्नो प्रतिबद्धताबाट पछाडि हटेका छन् ।
वागमती प्रदेशमा अब मन्त्रालयको संख्या १२ पुगेको छ ।

















कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
प्रतिक्रिया