ल्हारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा पूर्वराज्यमन्त्री तथा संविधानसभा सदस्य डा. ल्हारक्याल लामा नियुक्त भएका छन् ।
विवादास्पद पृष्ठभूमिका डा. लामालाई पाँच वर्षका लागि मन्त्रिपरिषद्ले उपाध्यक्ष नियुक्त गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रस्तावमा लामालाई उपाध्यक्ष नियुक्त गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले उपाध्यक्षमा डा. लामालाई बनाउने गरी फाइल ल्याउन सस्कृतिमन्त्री किरातीलाई निर्देशन दिएका थिए । त्यही निर्देशन बमोजिम किरातीले फाइल लगेको एक मन्त्रीले जानकारी दिए ।
माओवादी केन्द्रीय सदस्य डा. लामा ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पटक–पटक पक्राउ परेर हिा भएका व्यक्ति हुन् ।
कोषको उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तेय)को कार्यकाल १० साउनमा पूरा भएसँगै सो पद खाली थियो ।


















डोङफेङको भोयाद्वारा हुवावे हार्मोनीओएससहित ताइशान एक्स ८ एसयूभी सार्वजनिक
यामाहाको ब्लु कोड नयाँ वर्ष योजनामा ५ लाख जित्नेको नाम घोषणा
एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव
अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य: सञ्चारमन्त्री तिमिल्सिना
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
प्रतिक्रिया