अप्पर लोहोरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरले निष्काशन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । उक्त आइपीओमा १० लाख बढीको आवेदन परेको छ । सिडिएसका अनुसार साउन २१ गते साँझ ५ः०६ बजेसम्म १० लाख ५० हजार १९६ जनााले १ अर्ब १९ करोड ६५ लाख १२ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ६५ हजार १२० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात १९ लाख ८८ हजार २३६ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये १ लाख ९८ हजार ८२४ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने ३९ हजार ७६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ९९ हजार ४१२ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको शेयर सहित कुल १९ लाख ५३ हजार २७९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशनमा ल्याएको हो ।
कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका देखि २५ हजार कित्तासम्मको आवेदन दिन सकिनेछ । कम्प्नीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले आज साउन २२ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया