शुक्रबार, फागुन ८, २०८२

शीर्ष नेताबीच सहमति नजुटेपछि प्रतिनिधि सभा बैठक मंगलबार ३ बजेसम्म स्थगित

मेरोन्यूज २०८० साउन २२ गते १७:०६

काठमाडौं । सभामुखको पहलमा मुख्य दलका शीर्ष नेताबीन दुई पटक छलफल गर्दा पनि सहमति नजुटेपछि प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

संसद्को अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दुई पटकको छलफलमा पनि सहमति नजुटेपछि प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

संघीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको बैठक २३ साउनको दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले २ साउनमा सिनामंगल क्षेत्रबाट बरामद गरेको थियो । सो प्रकरणमा प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी मुद्दामा गरिरहेको अनुसन्धान आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीलाई दिइएको छ ।

तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारी अनुसन्धानमा आफूहरुलाई विश्वास नभएको भन्दै सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेको छ ।

१० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ । पछिल्लो पटक सोमबार दिउँसो १ बजेलाई बैठक बोलाइएको थियो । बैठकअघि नै संसद अवरोध खोल्ने विषयमा छलफल थर्न सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीको बैठक राखेका थिए ।

सोमबार दिउँसो साढे १२ बजे बसेको बैठकमा सहमति नजुटेपछि नेताहरु साढे ३ बजे फेरि बैठक बस्ने गरी उठेका थिए । त्यसपछि संसद् बैठक पनि सूचना टाँसेर ४ बजेका लागि सारिएको थियो । अपरान्ह ४ बजे बसेको शीर्ष नेताको बैठकले पनि संसदको अवरोध खोल्ने ठोस सहमति नभएपछि संसद बैठक मंगलबारसम्मलाई सारिएको हो ।

प्रतिक्रिया