सोमबार, मंसिर ८, २०८२

मदन पुरस्कारका लागि छनोट भए उत्कृष्ट पाँच कृति

मेरोन्यूज २०८० साउन २४ गते ९:०९

काठमाडौं । मदन पुरस्कार-२०७९ का लागि उत्कृष्ट पाँच कृति छनोट भएका छन् । ३१३ मध्ये छनोट भएका उत्कृष्ट पाँच पुस्तक मदन पुरस्कार गुठीले सार्वजनिक गरेको हो ।

छनौट गरिएका पाँच कृतिमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्‌ग्रा र सञ्जय विष्टको माटाको घर रहेका छन् ।

यिनै पाँच पुस्तकको सूचीबाट सर्वोत्कृष्ट एक पुस्तकलाई २०७९ का लागि मदन पुरस्कार दिइनेछ ।

प्रतिक्रिया